काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार  भदौ २९  देखि विद्यालय खोल्ने तयारी गर्न शिक्षक र विद्यालय व्यवस्थापनलाई अनुरोध गरेको छ।

शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार, पछिल्ला दिनहरूमा देशभर सिर्जिएको अवस्थाका कारण बन्द रहेका विद्यालय फेरि सञ्चालन गर्न यो तयारी आवश्यक भएको हो।

advertisement

विद्यालयमा कुनै भौतिक क्षति भएको छ कि छैन भन्ने बुझ्न, विद्यार्थीको अवस्थाबारे अभिभावकसँग सम्पर्क गर्न, र अवस्था सामान्य नहुञ्जेलसम्म विद्यार्थीलाई विद्यालय आउजाउ गर्न अभिभावककै सहयोग आवश्यक रहेको महानगरको सूचनामा उल्लेख छ।

महानगरले सबै विद्यालयलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। विशेषगरी भदौ २३ र २४ गतेदेखिको अवस्थाका कारण कक्षाकोठा सुरक्षित छन् कि छैनन् भन्ने सुनिश्चित गर्न भनिएको हो।

अब भने भदौ ३० गते सोमबारदेखि विद्यालयमा भौतिक रूपमा पढाइ सुरु गर्ने भनिएको छ। साथै, केही विद्यार्थी विद्यालय आउन नसक्ने अवस्था भएमा उनीहरूका लागि अनलाइन कक्षा पनि सञ्चालन गर्न भनिएको छ। मनोसामाजिक सहयोग र सल्लाह पनि कक्षासँगै प्रदान गरिने छ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com