काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सोमबारदेखि विद्यालय पुनः सञ्चालनका लागि तयारी गर्न सबै शिक्षक र व्यवस्थापनलाई आह्वान गरेको छ।
महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार हालै उत्पन्न परिस्थितिका कारण केही दिनदेखि बन्द रहेका विद्यालयलाई पुनः सञ्चालन गर्न आवश्यक पूर्वतयारी गर्न सूचित गरिएको हो।
यस क्रममा विद्यालय परिसरमा कुनै भौतिक क्षति भएको छ कि छैन भन्ने यकिन गर्ने, अभिभावकहरूसँग सम्पर्क गरी विद्यार्थीहरूको अवस्था बुझ्ने, साथै अवस्था पूर्ण रूपमा सामान्य नहुँदासम्म बालबालिकालाई विद्यालय आउजाउ गराउँदा सजगता अपनाउन आग्रह गरिएको छ।
महानगरले यसअघि भदौ २३ र २४ गते विद्यालयहरूलाई अवस्थाको मूल्याङ्कन गर्न र कक्षा सञ्चालनका लागि तयारी थाल्न निर्देशन दिएको थियो। अब भदौ ३० गतेदेखि भने विद्यालयहरूलाई नियमित कक्षा सञ्चालनसँगै मनोसामाजिक परामर्शको व्यवस्था गर्न र अभिभावकको साथमा आउन–जान नसक्ने विद्यार्थीका लागि अनलाइन कक्षा पनि सञ्चालन गर्न अनुरोध गरिएको छ।
काठमाडौंमा विद्यालय सञ्चालनका लागि महानगरको तयारी निर्देश
काठमाडौं महानगरपालिकाले आगामी सोमबारदेखि विद्यालय पुनः सञ्चालनका लागि तयारी गर्न सबै शिक्षक र व्यवस्थापनलाई आह्वान गरेको छ।
महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार हालै उत्पन्न परिस्थितिका कारण केही दिनदेखि बन्द रहेका विद्यालयलाई पुनः सञ्चालन गर्न आवश्यक पूर्वतयारी गर्न सूचित गरिएको हो।
यस क्रममा विद्यालय परिसरमा कुनै भौतिक क्षति भएको छ कि छैन भन्ने यकिन गर्ने, अभिभावकहरूसँग सम्पर्क गरी विद्यार्थीहरूको अवस्था बुझ्ने, साथै अवस्था पूर्ण रूपमा सामान्य नहुँदासम्म बालबालिकालाई विद्यालय आउजाउ गराउँदा सजगता अपनाउन आग्रह गरिएको छ।
महानगरले यसअघि भदौ २३ र २४ गते विद्यालयहरूलाई अवस्थाको मूल्याङ्कन गर्न र कक्षा सञ्चालनका लागि तयारी थाल्न निर्देशन दिएको थियो। अब भदौ ३० गतेदेखि भने विद्यालयहरूलाई नियमित कक्षा सञ्चालनसँगै मनोसामाजिक परामर्शको व्यवस्था गर्न र अभिभावकको साथमा आउन–जान नसक्ने विद्यार्थीका लागि अनलाइन कक्षा पनि सञ्चालन गर्न अनुरोध गरिएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार












प्रतिक्रिया