काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालकी नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ।

आइतबार जारी वक्तव्यमा मन्त्रालयका प्रवक्ताले कार्कीलाई प्रधानमन्त्री नियुक्त भएको अवसरमा शुभकामना दिँदै चीन र नेपालको सम्बन्ध ऐतिहासिक मैत्रीपूर्ण आधारमा टेकेको स्मरण गराएका छन्।

advertisement

वक्तव्यमा भनिएको छ, ‘नेपालको अन्तरिम सरकारको नेतृत्व ग्रहण गर्नुभएकोमा सुश्री सुशीला कार्कीलाई हार्दिक बधाई छ। चीन र नेपालबीचको मित्रता पुरानो, दिगो र ऐतिहासिक हो।’

चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गप्रति सम्मान प्रकट गर्दै आगामी दिनमा दुवै मुलुकबीच सहयोग र साझेदारी अझ बलियो बनाउन प्रतिबद्धता जनाएको छ।

‘हामी नेपालसँग मिलेर पञ्चशीलका सिद्धान्तलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य सुदृढ पार्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य राख्छौं,’ वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com