काठमाडौं । अमेरिकाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएको निर्णयलाई स्वागत गरेको छ। जेन–जी आन्दोलनका क्रममा देखिएका दु:खद घटनापछि शान्तिपूर्ण समाधानको बाटो खुलेको भन्दै अमेरिकाले यसलाई सकारात्मक विकास भएको बताएको छ।
नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गरिएको छ। वक्तव्यमा भनिएको छ, ‘संक्रमण सहज बनाउन र नागरिक सरकारमार्फत स्थिर शासन व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण योगदान दिनुभएकोमा राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोक राज सिग्देललाई हामी उच्च सम्मान व्यक्त गर्दछौं।’
अमेरिकाले नेपालको दुखद घडीमा आफूहरू नेपाली जनताको साथमा रहेको पुनः पुष्टि गर्दै आगामी महिनाहरूमा हुने नयाँ निर्वाचनको तयारीमा समेत आवश्यक सहयोग र सहकार्यका लागि तत्पर रहने जनाएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया