काठमाडौं । जेन–जी आन्दोलनमा गम्भीर घाइते भएका थप दुई युवाले उपचारको क्रममा ज्यान गुमाएका छन्।

वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनीहरूको शुक्रबार राति र शनिबार निधन भएको न्युरोसर्जन डा. राजीव झाले जानकारी दिएका छन्। उनले भने, ‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो। निरन्तर उपचार गरिए पनि हामीले बचाउन सकिएन।’ मृतकको परिचय भने अझै सार्वजनिक भएको छैन।

advertisement

प्रहरी प्रशासनका तथ्यांकअनुसार गत सोमबार र मंगलबारको आन्दोलनका क्रममा ५१ जनाको मृत्यु भइसकेको छ।

यता, आन्दोलनकै बीचमा भएको आगलागीका कारण मृत्यु हुनेहरूको संख्या पनि बढ्दै गएको छ। चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी पसलमा आज बिहान मात्र ६ वटा जलेका शव फेला परेका छन्। ती शव पूर्ण रूपमा डढेकाले पहिचान कठिन बनेको छ।

यससँगै आन्दोलन र आगलागीमा परी मृतकको संख्या ५० नाघेको छ भने अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com