काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनकै परिणामस्वरूप आफू सरकारको नेतृत्वमा पुगेको स्पष्ट गरेकी छन्। आन्दोलनका क्रममा सिंहदरबार, बालुवाटार, उच्च अदालतदेखि प्रत्येक जिल्लाका वडा कार्यालयसम्म जलेर नष्ट हुनु देशका लागि ठूलो क्षति भएको उनको भनाइ छ।

पदभार ग्रहणपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘भौतिक संरचना पुनः निर्माण गर्न सकिन्छ, तर प्रशासनिक रेकर्ड र तथ्यांकसमेत नष्ट हुँदा क्षति अझ गम्भीर भएको छ।’

advertisement

उनले मानवीय तथा भौतिक दुवै प्रकारका क्षतिलाई नियोजित षड्यन्त्रको परिणाम ठहर गर्दै जिम्मेवार अपराधीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन्। भौतिक सम्पत्ति ध्वस्त पारेर अपराधीहरूले राज्यप्रति ठुलो चुनौती दिएको भन्दै सबै मिलेर देशलाई पुनर्जीवित गर्नुपर्ने उनको धारणा थियो।

कार्कीले आफू रहरले होइन, जनताको आह्वानअनुसार ६ महिनाका लागि मात्रै जिम्मेवारी लिएको स्पष्ट पार्दै सुरक्षा निकायको सहयोगमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन्।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com