बागलुङ ।  जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका आठ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ । प्रहरीले बालसुधार केन्द्र सराङकोट, चितवन कारागार, पोखरा कारागार, म्याग्दी कारागार र केन्द्रीय कारागारबाट फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरेको हो ।

बालसुधार केन्द्र सराङकोटबाट फरार भएका चार तथा चितवन, पोखरा, म्याग्दी र केन्द्रीय कारागारबाट फरार भएका एक-एक जना बन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिए । पक्राउ परेकामध्ये अधिकांशलाई मालढुङ्गा चेकपोष्ट र केहीलाई घरबाट नियन्त्रणमा लिएको उनले बताए ।

advertisement

पक्राउ परेका केहीलाई सम्बन्धित कारागारमा पठाएको जनाउँदै प्रहरी नायब उपरीक्षक पाण्डेले केहीलाई बागलुङमा राखिएको बताए । उनका अनुसार पक्राउ परेका चार कैदी र चार जना थुनुवा छन् । उनले भने, ‘जेनजी प्रदर्शनका क्रममा कारागारबाट धेरै कैदीबन्दी फरार भएका छन्, फरार भएकाहरूलाई बागलुङबाट पनि पक्राउ गरिरहेका छौँ, अहिले पक्राउ परेका आठमध्ये छ जना जबर्जस्ती करणी र दुई जना ज्यान मुद्धाका आरोपी हुन्, निजहरूलाई सम्बन्धित कारगारमा पठाइरहेका छौँ ।’

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com