काठमाडाैं। अमेरिका र चीनबीच ट्यारिफलाई लिएर विवाद चर्किंदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि ५०–१०० प्रतिशतसम्मको ट्यारिफ लगाउने चेतावनी दिएकै बीच चीनले पनि प्रतिक्रिया दिएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भनेका छन् कि युद्धले समस्याको समाधान हुँदैन र प्रतिबन्ध तथा ट्यारिफले अवस्था झन जटिल बनाउँछ। उनले यस क्रममा जोड दिए कि चीन कुनै पनि युद्ध वा युद्ध योजनामा संलग्न हुने छैन।

advertisement

यसअघि शनिबार ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोशल मार्फत नेटो देशहरूले चीनमाथि ५०–१०० प्रतिशतसम्म ट्यारिफ लगाउनुपर्ने र रुस–युक्रेन युद्ध सकिएसम्म यो ट्यारिफ जारी रहनुपर्ने बताएका थिए। उनका अनुसार, चीनले रुसमाथि बलियो प्रभाव राखेको छ र ती ट्यारिफले त्यस प्रभावलाई तोड्न सक्ने अनुमान गरिएको थियो।

स्लोभेनियाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री तान्या फियोनसँगको भेटपछि पत्रकार सम्मेलनमा वाङ यीले स्पष्ट पार्दै भने, ‘चीन सधैं शान्ति वार्ता र राजनीतिक समाधानको पक्षमा छ। प्रतिबन्ध र ट्यारिफले स्थिति सुधार्ने छैन, बरु झन जटिल बनाउनेछ।’

उनले चीन र युरोप प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने जोड दिएका छन्। वाङले संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरू संरक्षण गर्दै विश्वभर फैलिएका द्वन्द्वलाई शान्तिपूर्ण ढंगले समाधान गर्न चीन प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com