काठमाडौं । प्रदर्शनकारीको आगजनीका कारण क्षतविक्षत बनेको सर्वोच्च अदालतले आजबाट पाल टाँगेर सेवा सञ्चालन सुरु गरेको छ।
यसअघि सबै न्यायाधीश सहभागी पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनहरू हेर्न थालिने निर्णय गरेको थियो।
सर्वोच्च अदालतले आफ्नो परिसरमा अस्थायी पाल टाँगेर प्रशासनिक काम र इजलास सञ्चालनका लागि तयारी थालेको छ। इजलास सुरु भएको छ भने, छ दिनपछि अड्डा अदालतहरूमा दशैं बिदा लागू हुनेछ। परम्परागत रूपमा दशैंमा १५ दिन अदालतमा विदा दिइन्छ र न्यायाधीशहरूले घरमै फैसला लेख्ने अभ्यास गरिन्छ। तर यसपटक अदालतको संरचना क्षतविक्षत भएको हुँदा न्यायाधीशहरूले नियमित इजलास सञ्चालनका लागि व्यवस्थापन र छलफल गरिरहेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, अन्नपूर्ण न्यूरो अस्पताल अगाडि निर्माणाधीन भवनमा पनि इजलास सञ्चालन गर्ने सम्भावनाको अध्ययन भइरहेको छ।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार












प्रतिक्रिया