काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी र संस्थाभित्र रहेका कमीकमजोरी तथा अव्यवस्थालाई सफा गर्न सङ्कल्प आवश्यक भएको बताएका छन्।

आइतबार फेसबुकमा आफ्नो स्टाटस मार्फत उनले लेखेका छन्, ‘आफैँभित्र, पार्टीभित्र, संस्थाभित्र र सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने सङ्कल्प गरौँ। केवल रूपान्तरणमार्फत सोचमा परिवर्तन ल्याएर मात्र विगतका क्षतिको पुनरावृत्ति रोक्न सकिन्छ।’

advertisement

गत सोमबार र मंगलबार काठमाडौँसहित देशभर जेन–जी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो।

शर्माले आइतबार ती क्षतिग्रस्त संरचनाहरूको अवलोकन समेत गरेका छन्।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com