काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्।
महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता तथा सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार बडालले भदौ २४ गते नै राजीनामा दिएका थिए। तर उक्त जानकारी आइतबार मात्र राष्ट्रपति कार्यालयमार्फत् औपचारिक रूपमा कार्यालयमा आएको हो।
पुडासैनीले भने, ‘उहाँले भदौ २४ गते राजीनामा दिनुभएको हो। त्यसबारेको जानकारी राष्ट्रपति कार्यालयबाट आज मात्र प्राप्त भयो।’
बडाललाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया