काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान राजनीतिक परिस्थितिले नेता–कार्यकर्तालाई नयाँ ढंगले सोच्न बाध्य बनाएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले ‘जेन–जी’ प्रदर्शनका क्रममा भएका घटनाले राजनीतिक दलहरूको अवस्था थप जटिल र गम्भीर बनेको उल्लेख गर्दै, यस्तो अवस्थामा सर्वसाधारणदेखि कार्यकर्ता र नेतासम्म सबैले धैर्यपूर्वक अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

advertisement

उनले लेखेका छन्, ‘वर्तमान राजनीतिक घटनाक्रम र तनावपूर्ण अवस्थाले सबै राजनीतिक दलका लागि चुनौतीपूर्ण स्थिति सिर्जना गरेको छ। यो संकटको घडीमा आत्ममूल्यांकन, सहि बाटो पहिचान र स्थिरता, शान्ति, विकास तथा समृद्धिका उपायहरूबारे नयाँ ढंगले सोच्न जरुरी छ।’

पाण्डेले नेतृत्व र संगठनमा व्यापक पुनर्गठनको माग समयले गरिरहेको प्रष्ट पारे। ‘अब प्रत्येक व्यक्ति र पार्टीले आफ्नो भूमिका पुनरावलोकन गर्दै संगठन र नेतृत्व संरचनामा आवश्यक सुधार र पुनर्गठन गर्नुपर्ने खाँचो छ,’ उनले जोड दिए।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com