काठमाडौं । जेन–जी आन्दोलनको अगुवा भन्दै आएका ‘हामी नेपाल’ संस्थाका सञ्चालक सुदन गुरुङले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।
पत्रकार सम्मेलनमा उनले राष्ट्रपति कार्यालयमा भएको वार्ताको विवरण सुनाउँदै माग पूरा नभए सरकार ढाल्ने चेतावनी दिएका थिए। तर, पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा गुरुङ उत्तेजित बनेर धम्कीपूर्ण भाषा प्रयोग गरेपछि वातावरण तनावग्रस्त बन्यो।
गुरुङको भनाइप्रति आपत्ति जनाउँदै पत्रकारहरू पनि उनको विरोधमा उत्रिए। त्यस क्रममा दुवै पक्षबीच घर्षण बढ्दै धकेलाधकेलसम्म पुगेपछि सम्मेलन कक्षमा ठूलो हंगामा मच्चिएको थियो।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया