काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले आफूले पार्टी छोडेको भन्ने समाचारलाई निराधार र अफवाह भन्दै खण्डन गरेकी छन्। देश गम्भीर संकटको अवस्थामा रहेको बेला यस्ता हल्लामा रमाउनु अनुचित हुने उनको भनाइ छ।

‘तोसिमाले पार्टी छाडिन् भनेर समाचार बनाइसक्नुभएको रहेछ! कम्तीमा मसँग त सोध्नुपर्ने होइन? मलाई के गर्छु वा गर्दिन भन्ने चिन्ता भन्दा यो देशलाई म के योगदान दिन सक्छु भन्ने सोच्नुहोला,’। उनले भनिन् ‘देश अहिले भौतिक, मानसिक र भावनात्मक रूपमा विक्षिप्त अवस्थामा पुगेको छ। यसलाई शून्यबाट उठाउनुपर्ने बेला हो। यस्तो अवस्थामा सञ्चारमाध्यमहरूले अफवाह फैलाएर जनता अल्मल्याउनु हुँदैन।’

advertisement

यस्तै, आइतबार रास्वपाकी नेतृ सुमना श्रेष्ठले भने पार्टी परित्याग गरेकी थिइन्। उनले पार्टीले देशभन्दा पार्टीलाई, र पार्टीभन्दा पनि व्यक्तिलाई प्राथमिकता दिन थालेपछि आफू त्यहाँ बस्ने औचित्य नरहेको स्पष्ट गरेकी थिइन्।

 

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com