काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनका लागि आज बेलुकीसम्म सक्रिय छलफल अघि बढाएकी छन्। उनले पहिलो चरणमा पाँच जना मन्त्री टुंग्याउने तयारी गरिरहेकी छन्।
यसका लागि कार्कीले सम्बन्धित व्यक्तिहरूसँग निरन्तर परामर्श गरिरहेकी उनको निकट स्रोतले जानकारी दिएको छ।
शपथग्रहणपछि दुई–तीन सदस्यीय सानो मन्त्रिपरिषद् घोषणा गर्ने अनुमान धेरैले गरे पनि कार्कीले शुक्रबार पदभार ग्रहण गरेसँगै मन्त्रिपरिषद् विस्तार नगरेकी थिइन्।
शनिबार दिनभर उनले अस्पतालमा घाइते भेट्ने र जलेका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने कार्यक्रममै समय बिताएकी थिइन्, जसका कारण मन्त्रिपरिषद् गठनबारे औपचारिक छलफल हुन सकेन।
तर आइतबार बिहानदेखि भने उनले यस प्रक्रियालाई तीव्र गति दिँदै पाँच जना व्यक्तिसँग प्रारम्भिक छलफल अघि बढाएको स्रोतले जनाएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया