काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (कम्युनिस्ट पार्टी) ले नेकपा माओवादी केन्द्रसहितका विभिन्न कम्युनिस्ट शक्तिसँग एकता तथा ध्रुवीकरणका लागि वार्ता समिति गठन गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय, कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाउने निर्णय गरेको हो।

advertisement

वार्ता समितिमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा र कर्णजित बुढाथोकी सदस्य रहेका छन्। निर्णयबारे जानकारी दिँदै भने, ‘माओवादी केन्द्रलगायतका कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणबारे छलफल अघि बढाउन अहिले तीन सदस्यीय टोली गठन गरिएको हो।’

यसअघि साउन १९ गते बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि नेकपासहितका कम्युनिस्ट दलहरूसँग एकता गर्ने नीतिगत निर्णय गरेको थियो।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com