काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको स्थलगत निरीक्षण गरेका छन्।
जेनजी आन्दोलनका क्रममा क्षति र लुटपाट भएको उक्त शाखामा आइतबार गभर्नर पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालसहित अन्य कर्मचारीहरूसँग निरीक्षणको कामना पूरा गरे। निरीक्षणका क्रममा शाखामा गएको क्षति, सुरक्षा व्यवस्थाका कमीहरू र पुनः सञ्चालनका तयारीबारे विस्तृत जानकारी लिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
गत समयमा विषम परिस्थितिको फाइदा उठाउँदै केही व्यक्तिहरूले बैंकको शाखामा लुटपाट गरेका थिए। यस सम्बन्धमा संलग्न केही व्यक्तिहरूलाई नेपाली सेनाले नियन्त्रणमा पनि लिएको थियो।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार












प्रतिक्रिया