काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ताको रूपमा नियुक्त गरेकी छन्।
सविता भण्डारी ९९ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् र नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता बन्ने गर्वपूर्ण उपाधि हासिल गरेकी छिन्।
यसअघि पदमा रहेकाअधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए र राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरिसकेका छन्।
त्यसैगरी, प्रधानमन्त्री कार्की आजै पाँच जना मन्त्रीको नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारीमा छिन्। आइतबार बिहानदेखि उनी सम्बन्धित व्यक्तिहरूसँग छलफल गर्दै मन्त्रिमण्डल विस्तारको प्रक्रिया तीव्रतापूर्वक अघि बढाइरहेकी छिन्।
कार्की नेपालको इतिहासकी पहिलो महिला प्रधानमन्त्री हुन्। उनकाे शपथ ग्रहण पछि प्रतिनिधिसभा विघटन गरिएको छ र फागुन २१ गते हुने चुनावको मिति घोषणा भइसकेको छ।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया