काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन नयाँ मन्त्रीको नाम राष्ट्रपतिको कार्यालयमा सिफारिस गरेकी छिन्। आइतबार साँझ ढिलो नाम पठाइएकाले मन्त्री नियुक्ति र शपथ ग्रहण सोमबारका लागि सारिएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थ मन्त्रालयमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा मन्त्रालयमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ, र गृह मन्त्रालयमा ओमप्रकाश अर्याललाई सिफारिस गरिएको हो।
यसबीचमा, राष्ट्रपति भवन शीतल निवासमा प्रदर्शनकारीद्वारा आगजनी भएको कारण सोमबारको शपथग्रहण विशेष सुरक्षा व्यवस्थासहित टेन्ट टाँगेर गर्ने तयारी गरिएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया