काठमाडौं । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आफ्नै बूढानीलकण्ठस्थित निवासमा आक्रमणमा परेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। कांग्रेस नेता डा. शेखर कोइरालाले आफू देउवाको स्वास्थ्यबारे निरन्तर जानकारी लिइरहेको बताएका छन्।

‘चीन भ्रमणबाट फर्किएलगत्तै शुक्रबार र शनिबार सभापतिको स्वास्थ्यबारे सोधपुछ गरेको थिएँ। आइतबार पनि सम्पर्क गर्दा उहाँले बिस्तारै निको हुँदै गएको जानकारी दिनुभयो,’ कोइरालाले बताए।

advertisement

गत शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा सभापति देउवा र उनकी पत्नी, कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणामाथिको आक्रमण र उनीहरूको स्वास्थ्यावस्थाबारे उल्लेख गरिएको थिएन।

तर, पार्टीभित्र देउवा–विरोधी धारको नेतृत्व गर्दै आएका डा. कोइरालाले शनिबार विज्ञप्ति जारी गरी आक्रमणको कडा शब्दमा निन्दा गरेका थिए। उनले भनेका थिए, ‘नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा जसले लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग र संघर्ष गर्नुभएको छ, उहाँमाथि परिवारसहित गरिएको आक्रमण जघन्य अपराध हो। यसको जति निन्दा गरे पनि कम हुन्छ।’

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com