काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सोही सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएकाे चाँदीको मूल्य सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया