काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन्।
प्रधानमन्त्री बनेपछि प्रत्यक्ष सम्पर्क गर्ने धेरै प्रयास असफल भएको जनाउँदै उनले आइतबार फेसबुकमार्फत सार्वजनिक सन्देश लेखेका हुन्।
श्रेष्ठले आफ्नो संदेशमा बधाई र शुभकामना दिनकै लागि फोन तथा नजिकका व्यक्तिहरूको मार्फत सम्पर्क गर्न खोज्दा सफल नभएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘मैले बधाई र शुभकामना यसअघि नै सार्वजनिक गरिसकेको छु। तर प्रत्यक्ष सम्पर्क हुन नसकेपछि सामाजिक सञ्जालमार्फत सुझाव दिन बाध्य भएको हुँ।’

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार












प्रतिक्रिया