काठमाडौं । नवनियुक्त मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुअघि जनआन्दोलनका घाइतेहरूसँग भेटघाट र क्षतिग्रस्त संरचनाको अवलोकन गर्ने कार्यक्रम तय गरेका छन्।

राष्ट्रपति कार्यालयमा केहीबेरमै शपथ ग्रहण गर्न लागेका घिसिङले सपथपछि प्रत्यक्ष जनसम्पर्कमा जाने तयारी गरेका हुन्।

advertisement

उनको सचिवालयका अनुसार घिसिङले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर घाइते र उनीहरूका आफन्तसँग भेट्नेछन्। सो अवसरमा उनले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि रहेको छ।

यसपछि उनले आफ्नो मन्त्रालय मातहतका भौतिक संरचनामा भएको क्षतिको स्थलगत अवलोकन गर्नेछन्। अन्तरिम मन्त्रिपरिषद्मा घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com