काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका तीन मन्त्री शितलनिवास पुगेर शपथ लिन तयार भएका छन्।

अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका हुन्।

advertisement

ओमप्रकाश अर्याल यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकारको रूपमा कार्यरत थिए। उनका मन्त्री बन्ने योजनाविरुद्ध सुदन गुरुङ नेतृत्वको समूहले विरोध प्रकट गरिरहेको छ।

यस्तै, अर्यालको मन्त्री नियुक्ति चर्चासँगै आइतबार राति शितलनिवासबाहिर प्रदर्शन भएको थियो जसमा प्रधानमन्त्री कार्कीको राजीनामा मागिएको थियो।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com