काठमाडौं । प्रतिनिधिसभा विघटनपछि फागुनमा निर्वाचनको घोषणा गरेपछि असन्तुष्ट बनेका सभामुख देवराज घिमिरे नवनियुक्त मन्त्रीहरूको शपथ समारोहमा अनुपस्थित भएका छन्।

सभामुख घिमिरे प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पनि उपस्थित भएका थिएनन्। शीतल निवासले उनलाई अनुपस्थित रहने जानकारी पाएपछि उनका लागि कुर्सीको व्यवस्था नै गरिएको थिएन।

advertisement

त्यस्तै, शपथ समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित रहे भने, प्रधानमन्त्री कार्कीको शपथमा उनी देखिएका थिएनन्।

मन्त्रीहरूको शपथ समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बाहेक अन्य पूर्वप्रधानमन्त्री र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू उपस्थित हुन सकेका छैनन्।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com