काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ नियुक्त गरेका तीन मन्त्री सोमबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ ग्रहणको क्रममा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ। दोस्रो वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङ रहेका छन् भने तेस्रो वरीयतामा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल रहेका छन्।

advertisement

तीनै मन्त्रीले शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्दै आफ्ना जिम्मेवारीहरू सम्हाल्नेछन्।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com