काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शपथ ग्रहणलगत्तै पदभार ग्रहण नगरी सीधै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन्।
उनको भ्रमणको उद्देश्य जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारसँग भेटघाट गरी संवेदना व्यक्त गर्नु थियो। यस अवसरमा मन्त्री घिसिङले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दुःख साझा गरेका थिए।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार












प्रतिक्रिया