काठमाडौं । गृह मन्त्रालयले जेन–जी आन्दोलनमा शहीद भएका व्यक्तिहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। शहीदको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने व्यवस्था हुनेछ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहालीसँगै यस निर्णयको घोषणा गरेका हुन्। उनले शोक दिवस कुन दिन मनाउने भन्ने विषयमा मन्त्रीपरिषद्ले अन्तिम निर्णय गर्ने जानकारी दिएका छन्।
त्यसैगरी, आन्दोलनमा निधन भएका व्यक्तिहरूको परिवारलाई एक–एक लाख रुपैयाँका दरले किरिया खर्च दिने निर्णय समेत गरिएको छ। शव व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउनेछ भने विकट क्षेत्रहरूमा हेलिकोप्टरमार्फत् शव पुर्याउने व्यवस्था पनि गरिएको छ।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया