काठमाडौं । आँखा विशेषज्ञ डा. सन्दुक रुइतले आफ्नो पेशा र कर्ममार्फतै नेपाल र नेपालीको हितमा निरन्तर योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
सोही दिन मन्त्रिपरिषद विस्तार भएको अवसरमा जारी गरेको विज्ञप्तिमा डा. रुइतले भनेका छन्, ‘हरेक राजनीतिक उथलपुथलपछि पदका लागि अनुरोध आउँछ, तर म प्रष्ट छु—मेरो कर्म भनेको नेपाली र विदेशका बिरामीलाई सेवा गर्नु, आफ्नो ज्ञान, सीप र समय दिने, र नेपाल तथा नेपालीको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु हो।’
आफ्नो जीवनको साधन अन्धोपन निवारणको सेवा रहेको बताउँदै उनले थपे, ‘सबैले आफ्ना पेशा र व्यवसायमा इमान्दारीपूर्वक लागेमा देशको अवस्था द्रुत रूपमा परिवर्तन गर्न सकिन्छ। म मेरो पेशा र कर्मबाट सधैं नेपाल र नेपालीको हितमा योगदान दिनेछु।’

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया