काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले टुक्रिएका र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने तयारी थालेका छन्। पदभार ग्रहण गर्दै उनले आज अर्थ मन्त्रालयमा पहिलो निर्णयअनुसार उक्त विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने घोषणा गरे।

मन्त्री खनालले भने, ‘अबको प्रमुख लक्ष्य युवाको माग पूरा गर्नु र निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हो। त्यसैले खर्च कटौती गर्न यो निर्णय गरिएको हो।’

advertisement

आफूलाई ‘माननीय’ नभन्न अनुरोध गर्दै खनालले थपे, ‘विगतका गल्तीलाई स्मरण नगरौं, अब फेरि गल्ती नगरौं। आवश्यक पर्दा भावनामा आएर बोलिरहनु पर्दैन। हामी जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्छ।’

उक्त तयारीसँगै उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापन गर्ने योजना रहेको पनि उल्लेख गरे।

पदभार ग्रहण गर्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com