काठमाडौं । जेन-जी आन्दोलनलाई पर्दा पछाडिबाट सहयोग गरिरहेका जेन-वाईका संयोजक विजय कँडेलले सबै पुस्तालाई पुनर्निर्माणमा एकताबद्ध हुन आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत भत्किएका संरचनालाई ‘संघर्षको चिन्ह’का रूपमा व्याख्या गर्दै अबको चरण पुनःनिर्माणमा श्रमदान र  सहयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

advertisement

कँडेलले आफ्नो सामाजिक संजालमा लेखेका छन्, “भत्किएका संरचना हाम्रो लाज होइन, हाम्रो संघर्षको चिन्ह हुन् । अब तिनलाई पुनः निर्माण गर्ने यात्रामा हामी सबैको हातेमालो जरुरी छ।”

उनले नगद सहयोगको अपिल नगरी टेबल, कुर्सी, कम्प्युटर, कपडा, औषधि लगायत दैनिक प्रयोगका सामग्री उपलब्ध गराउन आग्रह गरेका छन्। कँडेलले भने, ‘श्रमदान वा सानो जिन्सी सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्नेछ।’

कँडेलले उल्लेख गरेका छन्, “हाम्रो टिम एकताबद्ध छ, तपाईंको सानो सहयोगले ठूलो परिवर्तन ल्याउँछ । आम नागरिकलाई सम्पर्क गरौं, सन्देश फैलाऔं।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com