काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तरिम सरकारले तोकेको मितिमा निर्वाचन नभएको खण्डमा देश गम्भीर संकटमा फस्ने चेतावनी दिएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले घोषित मितिमा निर्वाचन सम्पन्न गराउने वातावरण तयार गर्न सबै तहबाट पहल गर्नुपर्ने बताएका हुन्।

श्रेष्ठले भने, ‘अन्तरिम सरकार बनिसकेको छ र निर्वाचनको मिति घोषणा भइसकेको छ। अब हामीले छिटोभन्दा छिटो तय मितिमा निर्वाचन हुने वातावरण सिर्जना गर्न एकजुट भएर अघि बढ्नुपर्छ। यदि सरकार असफल भयो भने देश भयावह अवस्थातर्फ जानेछ।’

advertisement

उहाँले सबै पक्षको आवश्यकता र जेनजी आन्दोलनको उपलब्धि कायम राख्दै अन्तरिम सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो। फागुन २१ मा हुने निर्वाचनमा माओवादी नेतृत्वको स्पष्टता अहिले पार्टी बैठकबाट निर्णय हुने उनले बताए।

श्रेष्ठले थपे, ‘हामीले पार्टी बैठक बसालेर राष्ट्रिय सार्वभौमिकता र देशको सुरक्षालाई सुनिश्चित गर्दै जेनजी आन्दोलनले उठाएका मुद्दा केन्द्रमा राखेर छलफल गर्नेछौं। छलफल बिना कुनै निष्कर्षमा पुग्नु हुँदैन।’

जेनजी आन्दोलनपछि माओवादी, कांग्रेस र एमालेमा नेतृत्व परिवर्तन तथा पार्टी पुनर्गठनको बहस चलेको सन्दर्भमा उनले २४ भदौमा भएको आगजनी र तोडफोडमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै, दोषी पत्ता लागे कारबाही हुने बताए।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com