काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय भएको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार मृतकहरूको सम्झनामा राष्ट्रिय झण्डा आधा झुकाइने र शोक दिवस मनाइनेछ। साथै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराइनेछ।
मन्त्री अर्यालले आन्दोलनमा घाइते भएकाहरूको उपचार राज्यले निशुल्क गर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालय पुगेका मन्त्री अर्यालले पदभार ग्रहण गर्दै जेन–जी आन्दोलनका पीडितप्रति सहानुभूति प्रकट गर्दै आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया