काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहणसँगै उनले आफ्नो पहिलो निर्णय गर्दै विद्युत् प्राधिकरणबाट बाँकी रहेको वक्यौता रकम उठाउने निर्देशन दिएका छन्।
त्यस्तै, मन्त्री घिसिङले पदभार ग्रहणको अवसरमा खादा, माला वा अबिरजस्ता कुनै पनि भौतिक स्वागत नलिने घोषणा पनि गरेका छन्।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया