काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले आफ्नो सचिवालयमा सीमित कर्मचारी मात्र राख्ने निर्णय गरेका छन्।
सोमबार पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई एकजना ड्राइभर र सचिवालयका दुई कर्मचारी पर्याप्त हुने बताएका छन्। उनले भने, ‘आज म शपथ लिन जाँदा आफैँ गाडी चलाएर गएँ । अलिक असुहाउँदो हुँदोरहेछ,’ उनले भने, ‘मलाई एउटा ड्राइभर र सचिवालयमा बुझ्ने र भेटघाट गर्न आउनेलाई व्यवस्थापन गर्ने एकजना कर्मचारी दिनुहोस् ।’
खनालले आफू जेनजीको प्रतिनिधि भएर आएको र सबैले मिलेर चाहेको देश निर्माण गर्नुपर्ने जिम्मेवारी सबैको भएको उल्लेख गरे। साथै, उनले कर्मचारीलाई व्यक्तिगत विषयमा ध्यान नदिने र कार्यालयका काममा सहजकर्ता बन्न तयार रहने निर्देशन पनि दिएका छन्।
मन्त्री खनालले अनावश्यक खर्च कटौती गर्न पनि स्पष्ट निर्देशन दिएका छन् र कर्मचारीलाई व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया