काठमाडौं । नवनियुक्त गृहमन्त्री ‌ओमप्रकाश अर्यालले क्षति भए पनि आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेकोले अब विवाद अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

मन्त्रीको पदभार ग्रहण गरे लगत्तै सोमबार गृह मन्त्रालयमा उनले सञ्चारकर्मीहरूसँग अब विवाद गरेर पछि फर्किन नहुने धारणा राखे ।

advertisement

‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ मन्त्री अर्यालले भने,’क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ। अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचन बाट थप प्रमाणीकरण गर्न लाग्नुपर्छ ।’

उनले अहिले मुलुकलाई दीर्घकालीन रूपमा सही बाटोमा लैजानुपर्ने बताए ।

उनले अहिले सरकारको मुख्य प्राथमिकता राज्यका तीनवटै अंगका संरचनाहरू नभएकाले राज्य भन्न लायक गरी ती संरचना बनाउनमा हुने बताएका छन् ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com