काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूलाई “माननीय” नभन्न आग्रह गरेका छन्। सोमबार पदभार ग्रहण गर्दै मन्त्री घिसिङले भने, ‘हामी माननीय होइनौँ। मलाई कसैले पनि माननीय नभनिदिनु हो। हामी यहाँ देशलाई सही दिशामा लैजानका लागि आएका छौँ।’
उनी सबैलाई सङ्कटपूर्ण समयमा एकजुट भएर चुनौती सामना गर्न आवश्यक रहेको बताए।
त्यसैगरी, मन्त्री घिसिङले पदभार ग्रहण गरेलगत्तै डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय पनि गरेका छन्। उनले प्राधिकरणको पूर्व कार्यकारी निर्देशक हुँदा पनि बक्यौता रकम असुल्ने प्रयास गरेको तर तत्कालीन सरकारले रोक लगाएको स्मरण गराएका छन्।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया