काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेलगत्तै भ्रष्टाचारविरुद्ध कडा निर्देशन जारी गरेका छन्।
अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले कर्मचारीसँगको बैठकमा जेन–जी आन्दोलनका क्रममा आहुति दिएका युवाको बलिदान सम्झँदै भ्रष्टाचारविरुद्ध पहिलो संकल्प लिनुपर्ने जोड दिएका हुन्।
खनालले भने, ‘युवाहरूले भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो जीवनसमेत आहुति दिएर यो परिस्थिति सिर्जना गर्नुभयो। अब हामी सबैले पहिलो प्रतिबद्धता भ्रष्टाचारविरुद्ध गर्नुपर्छ। कुनै पनि काममा ढिलाइ, ढाँट वा दुरुपयोग हुनु हुँदैन। करदाताको सार्वजनिक सम्पत्तिको उचित प्रयोग सुनिश्चित गर्न सबैलाई विशेष चनाखोपना आवश्यक छ।’
उनले थपे, ‘कसैले गल्ती गरे त्यसप्रति ढिला वा माया हुने छैन।’
अर्थमन्त्री खनालले पदभार ग्रहण गर्नुअघि नै आफूले तलब, आवास, सवारीसाधन लगायत कुनै पनि अतिरिक्त सुविधा नलिने घोषणा गरिसकेका छन्।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया