काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन्। उनले आफ्नो तलब–भत्ता शहीद सहयोग कोषमा बुझाउने प्रतिबद्धता जनाएका छन्।

सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी बाहेक कुनै सुविधा प्रयोग नगर्ने स्पष्ट पार्दै उनले मन्त्रालयमा पारदर्शिता र इमानदारीलाई प्रमुख एजेन्डा बनाउने बताए।

advertisement

मन्त्री घिसिङले भने, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइन्छ। अनियमितता वा भ्रष्टाचारमा संलग्न भेटिए कठोर कारबाही हुनेछ। यो मेरो जीवन–मरणको मुद्दा हो।’

उनले पारदर्शितामा कुनै प्रश्न उठेमा सिधै आफूलाई सम्पर्क गर्न आग्रह गरे। साथै, ‘सही मान्छे सही ठाउँमा राख्ने मेरो नीति हो, यसमा कुनै सम्झौता हुनेछैन,’ भन्दै सक्षम नेतृत्वमार्फत मन्त्रालयलाई जनविश्वासको केन्द्र बनाउने प्रतिज्ञा गरे।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com