काठमाडौं । आगामी कार्तिक १७ गते तय गरिएको रूपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचन रद्द गरिएको छ। निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको सम्पूर्ण कार्यक्रम रद्द गर्ने निर्णय भएको जानकारी दिएको हो।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा भएकाले उपनिर्वाचनको बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ।”

advertisement

आयोगले यसअघि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ अनुसार कार्तिक १७ गते रूपन्देही-३ मा उपनिर्वाचन गर्ने मिति तोकेको थियो। तर राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरी फागुन २१ गते नयाँ निर्वाचन हुने मिति तोकेपछि उपनिर्वाचन आवश्यक नभएको आयोगले स्पष्ट पारेको छ।

आयोगले भदौ ३० गतेको बैठकले उक्त निर्णय गरेको र सबै सरोकारवालालाई जानकारी गराइएको जनाएको छ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com