काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले युवाहरूको आकांक्षा समयमै सम्बोधन गर्न पार्टी असफल भएको स्वीकार गरेका छन्। सोमबार पार्टी मुख्यालय च्यासलको अवलोकनपछि कार्यकर्ता र सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन त्यसै असन्तुष्टिको परिणाम भएको टिप्पणी गरे।

उनले भने, ‘भदौ २०, २१ र २२ गतेको विधान महाधिवेशनमा हामीले युवाको चाहना सम्बोधन गर्ने निर्णय र योजना अघि सारेका थियौं। धैर्य देखाएको भए नेकपा एमाले नै युवाको आकांक्षा पूरा गर्ने शक्तिका रूपमा स्थापित हुन्थ्यो। दुर्भाग्यवश, ती योजना व्यवहारमा उतार्न हामी चुकेँ।’

advertisement

महासचिव पोखरेलले अहिले बनेको अन्तरिम सरकारलाई तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी निर्वाह गर्न सुझाव दिए। ‘अन्तरिम सरकारको पहिलो कर्तव्य भनेकै शान्ति–सुरक्षाको वातावरण तयार गरेर निर्वाचन सम्पन्न गर्नु हो। सबै लोकतान्त्रिक शक्तिहरूले सडक होइन, जनतामाझ गएर अभिमत लिनुपर्छ,’ उनले स्पष्ट पारे।

उनका अनुसार सडक आन्दोलनमार्फत मात्र स्थायित्व र विकास सम्भव छैन। ‘संविधानले ल्याएको परिवर्तनलाई आधार नबनाए मुलुक अगाडि बढ्दैन। समाधानलाई निरन्तर सडकमै खोजिरह्यो भने स्थायित्व आउँदैन, विकास सम्भव हुँदैन,’ उनले चेतावनी दिए।

पोखरेलले युवाको आकांक्षा तत्काल सम्बोधन गर्न नसकेको स्वीकार गर्दै पनि एमाले अझै सक्षम र सक्षम रूपमा अगाडि बढ्ने दाबी गरे। ‘हामी फेरि उठ्नेछौं, अझ बलियो एकतासहित। जनताको भावना, युवाको चाहना र मुलुकको समृद्धिको आकांक्षालाई बोकेर अघि बढ्नेछौं,’ उनले प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com