काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि ध्वस्त बनेको नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासलमा फेरि कम्युनिष्ट पार्टीको झण्डा फहराइएको छ।
सोमबार महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका शीर्ष नेता कार्यालय पुगेपछि प्रतीकात्मक रूपमा भवनको एक भाग ढाक्नेगरी पार्टीको झण्डा राखिएको हो।
गत भदौ २४ गतेको आन्दोलनमा भएको आगजनी र तोडफोडका कारण कार्यालयको संरचना ठूलो क्षति भएको थियो। त्यही खण्डहर बनेको कार्यालय अवलोकनका क्रममा महासचिव पोखरेलले एमाले फेरि उठ्ने दृढता व्यक्त गर्दै पार्टी सदैव युवाको पक्षमा रहने विश्वास दिलाए।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया