काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनले उठाएका प्रमुख माग—भ्रष्टाचार नियन्त्रण र सुशासन—लाई कठोर रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार पदभार ग्रहण समारोहमा बोल्दै उनले विगतमा देखिएका कर्मचारी सरुवा, जिम्मेवारी बाँडफाँड र निर्णय प्रक्रियामा हुने अनियमिततामाथि कडाइका साथ नियन्त्रण गर्ने चेतावनी दिए।
‘सुशासन कायम गर्न योग्य व्यक्तिलाई योग्य स्थानमै जिम्मेवारी दिने प्रणालीलाई दृढताका साथ कार्यान्वयन गरिनेछ,’ मन्त्री घिसिङले भने, ‘कसैप्रति पूर्वाग्रह राखिँदैन, प्रतिशोध लिइँदैन। तर, इमान्दारीपूर्वक कर्तव्य निर्वाह नगर्ने जो कोहीलाई तत्काल जिम्मेवारीबाट हटाइनेछ।’
उनले मन्त्रालयका कर्मचारीलाई असल नियतसहित ढुक्क भएर काम गर्न निर्देशन दिँदै पारदर्शिता र जवाफदेहितामाथि कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारे।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया