काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले जेन–जी प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले जेन–जीलाई ‘आतंककारी प्रवृत्ति’सँग तुलना गर्दै कठोर टिप्पणी गरेका हुन्।

बस्नेतले भने, ‘जेन–जी भनेको आतंककारी नै हो। हिजो वाइसिएललाई आतंककारी भनिन्थ्यो, आज जेन–जी त्यही बाटोमा चलेको छ। बैंक लुट्ने, ठग्ने, तोडफोड गर्ने—यी सबै कार्यले उनीहरूको वास्तविकता देखाएको छ। हिजो माओवादीले दशकौंमा गरेको विध्वंश आज जेन–जीको नाममा दुई दिनमै देखियो।’

advertisement

उनका अनुसार सबै युवालाई आतंककारी भन्न खोजिएको होइन तर ‘जेन–जी’ नाम लिनेहरू हिंसात्मक गतिविधिमा संलग्न भएकाले आतंककारी ठहरिने बताए। ‘हाम्रा साथीहरू भन्छन्, जेन–जी आतंककारी होइनन्। तर, जसले सिंहदरबार जलायो, संसद भवनमा आगजनी गर्‍यो, निजी सम्पत्तिमा क्षति पुर्‍यायो—त्यो त आतंककारी नै हो,’ उनले जोड दिए।

समाजमा सुरक्षा चुनौती बढेको उल्लेख गर्दै बस्नेतले टोलटोलमै सुरक्षा समिति गठन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘अब हाम्रो युवा पुस्ता अगाडि सर्छ। प्रहरी चौकीहरू ध्वस्त पारिएका छन्, ती पुनर्निर्माणमा पार्टी र हाम्रो युवा संगठनले नेतृत्व लिन्छ। आजैदेखि यसको थालनी गरिन्छ।’

सामाजिक सञ्जालमा ‘महेश बस्नेत लुके’ भन्ने आलोचनालाई खण्डन गर्दै उनले आफू भक्तपुरको बालकोटमा रहेको र छिट्टै गुन्डु जाने जानकारी दिएका छन्। उनले चुनौती दिँदै भने, ‘जो–जो आउन चाहन्छन्, प्रत्यक्ष सामना गर्न तयार छु।’

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com