काठमाडौं । निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर ३ मा तय भएको उपनिर्वाचन रद्द गर्ने निर्णय गरेको छ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचन अब नहुने स्पष्ट पारेको हो।

advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते नयाँ निर्वाचन मिति घोषणा गरेपछि उपनिर्वाचनको आवश्यकता समाप्त भएको आयोगले जनाएको छ।

सोमबार बसेको आयोगको बैठकले उपनिर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम औपचारिक रूपमा खारेज गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com