विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनीको शिकार बनेको भाटभटेनी सुपर मार्केट विराटनगर–६ मा सोमबार जलेको अवस्थामा एक शव फेला परेको छ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार शव दोस्रो तल्लामा फेला परेको हो। जलेको अवस्थामा भएका कारण अहिलेको लागि शवको पहिचान खुल्न सकेको छैन।

advertisement

गत भदौ २४ गते अराजक समूहले भाटभटेनीमा आगजनी गरी ठूलो क्षति पुर्‍याएको थियो। कर्मचारीहरूले सुपर मार्केट सरसफाइ गर्ने क्रममा शव फेला पारेका हुन्।

यसअघि शुक्रबार धरान शाखामा चार जनाको शव फेला परेको थियो।

गत मंगलबार कोशी प्रदेशका पाँचवटा भाटभटेनी स्टोरमध्ये विराटनगर, धरान, दमक र बिर्तामोडमा आगजनी र लुटपाट भएको थियो। इटहरीको शाखा भने स्थानीयको सुरक्षा प्रयासमा सुरक्षित रह्यो।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com