काठमाडौं । सरकारले पर्सि (१ असोज) जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार भएको मन्त्रिपरिषद् बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले यो जानकारी दिएका छन्।
उनका अनुसार असोज १ गते सार्वजनिक बिदा राखी राष्ट्रव्यापी रूपमा शोक दिवस मनाइनेछ। ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
असोज १ गते शहीद घोषणा गरिएका व्यक्तिहरूको अन्त्येष्टि राष्ट्रिय सम्मानसहित गरिनेछ।
जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन्। उनीहरूमध्ये २८३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया