काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य भारतबाट बढेर आएको छ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ।
आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आएको छ।
चाडबाड नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखिएको निगमले जानकारी दिएको छ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया