काठमाडौं । भदौ २४ गते जेनजीले गरेको आगजनीबाट नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा रहेको पुस्तकालय बचेको छ ।

प्रदर्शनकारीले आगजनी गरेको एक हप्तापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार केन्द्रीय कार्यालय अवलोकनको क्रममा पुस्तकालय र माइन्युट बचेको जानकारी दिए । साथै कार्यालयका कम्प्युटर समेत सुरक्षित रहेको उनले बताए ।

advertisement

‘आगजनीबाट मजदुर, वाइसीएल लगायत भवनमा धेरै क्षति भएको छ । पार्टीको माइन्युट बचेको छ । पुस्तकालय र कम्प्युटर सुरक्षित रहेछ । यसलाई बचाउन भूमिका खेल्न सम्पूर्ण कमरेडहरूलाई धन्यवाद दिन चाहन्छु ।

पार्टी कार्यालयमा क्षति भयो । पार्टी सदस्यहरूको सहयोगमा भव्य कार्यालय बनाउँछौँ’, कार्यालय अवलोकनपछि उनले भने ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com