काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको एमालेले यस अवसरलाई शक्ति प्रदर्शनको मौका बनाउने भएको छ।

संविधान दिवसकै दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक कार्यक्रममार्फत् उपस्थित गराउने तयारी भइरहेको स्थायी कमिटी सदस्य महेश बस्नेतले जानकारी दिए। आन्दोलनपछि नेपाली सेनाको विशेष सुरक्षामा रहेका ओली संविधान दिवससँगै पुनः जनसमक्ष आउने बुझिएको छ।

advertisement

मंगलबार ललितपुरको च्यासलस्थित जलेको केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा बस्नेतले भने, “असोज ३ गते संविधान दिवसमा एमालेले यही प्रांगणमा सानदार ढंगले कार्यक्रम गर्नेछ। पार्टी अध्यक्ष ओलीसहित सबै नेताहरू सहभागी हुनेछन्।”

उनका अनुसार संविधान दिवसको कार्यक्रममा अन्य दलका प्रतिनिधिहरूलाई समेत सहभागी गराउने पहल भइरहेको छ। अन्य पार्टीको सहभागिता भएमा कार्यक्रममा परिवर्तन हुने सम्भावना पनि रहेको उनले उल्लेख गरे।

बस्नेतले भने,  कांग्रेस, माओवादीलगायतका दलका साथीहरू पनि सहभागी भएमा पार्टी कार्यालयमा गर्ने भनिएको कार्यक्रमको स्थल परिवर्तन हुन सक्छ, आवश्यक परेमा हामी सूचित गर्नेछौं।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com